समाचार

पूर्वी नाका काँकरभिट्टामा भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ निषेध

झापा, पुष ६ । पूर्वी नाका काँकरभिट्टामा आजदेखि भारतीय नम्बर प्लेटका गाडीलाई पार्किङ गर्न निषेध गरिएको छ । अव्यवस्थित भारतीय गाडी पार्किङले नाकामै जाम हुँदा यात्रुलाई सास्ती हुने गरेको र फोहरमैला बढेका कारण पार्किङ निषेध गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताए । मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय र सशस्त्र Read More…

कला

सलमानले पाउँदैछन् डब्ल्यूडब्ल्यूई बेल्ट

काठमाडौं, पुष ६ । बलिउड सुपरस्टार सलमान खानको फिल्म दबंग ३ बक्स अफिसमा रिलीज भएको छ । देशभरि चलिरहेको विरोध प्रदर्शनको बाबजुद पनि फिल्मले कडा कमाई गरिरहेको छ । यसैबीच, सलमान खानका फ्यानहरूको लागि अर्को खुशीको खबर आएको छ । बलिउडका दबंग खानलाई चाँडै नै वर्ल्ड रेसलिङ्ग एन्टरटेन्मेन्ट ले अनुकूलित डब्ल्यूडब्ल्यूई च्याम्पियनशिप बेल्ट दिएर सम्मान Read More…

खेलकुद

वडा नम्बर १ विजयी

झापा, पुष ६ । वडा खेलकुद सिमिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १ विजयी भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा आईतबार भएको खेलमा वडा नम्बर १ ले वडा नम्बर १४ लाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गरेको छ Read More…

विविध

वर्षकै सबैभन्दा छोटो दिन आज

काठमाडौं, पुष ६ । आज यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज परेको हो ।  दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ Read More…

स्वास्थ्य

पायल्स निको पार्न अपनाउनुस् यस्ता घरेलु विधि

काठमाडौं, पुष ६ । पायल्स रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन् । कब्जियत नै पायल्सको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ। यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । Read More…

शिक्षा

मेचे विद्यार्थी पढ्ने विद्यालयलाई कम्प्युटर सहयोग

झापा, पुष ५ । सीमान्तकृत मेचे जातिको बसोबास रहेको झापाको मेचीनगर नगरपालिका–११ धाइजनस्थित भानु आधारभूत विद्यालयलाई सञ्जीवनी महिला विकास संस्थाले कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । विद्यालयको स्वर्ण महोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा विद्यालयलाई सो सहयोग हस्तान्तरण गरिएको हो । संस्थाकी अध्यक्ष रेणुका डाँगीले सांसद सुरेन्द्र कार्कीको पूर्वाधार विकास बजेटबाट प्राप्त रकमबाट विद्यालयलाई कम्प्युटर Read More…

खेलकुद

मेची नदीमा बिच भलिबल सुरु

झापा, पुष ५ । झापाको भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘बिच’ भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । भ्रमण वर्ष २०२० सँगै नेपाल–भारतबीचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका ५ नम्बर वडा कार्यालयको आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजकमा वडास्तरीय ‘बिच’ भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटनमा Read More…

खेलकुद

वडा नम्बर ४ र १३ विजयी

झापा, पुष ५ । वडा खेलकुद सिमिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ४ र १३ विजयी भएका छन् । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा शनिबार भएको पहिलो खेलमा वडा नम्बर १३ ले वडा नम्बर ७ लाई ३–१ गोल अन्तरले पराजित Read More…

विश्व

साली भित्र्याउन श्रीमतीसँग दोस्रो बिहे

काठमाडौं, पुष ५ । अधिकाशं मानिसले जीवनकालमा एक पटक मात्र विवाह गर्दछन् । यदि जीवन साथीसँगको खटपट वा अन्य कारणले केहिले अर्को विवाह हुनेगर्छ । तर कोहि ब्यक्तिले एकै पटक दुई महिलासँग विवाह गर्न सक्ला ? त्यो पनि आफ्नो पत्नी र सालीसँग । भारतको मध्यप्रदेशस्थित भिन्ड जिल्लाको गुदावली गाउँका एक सरपञ्च (मुखिया)ले सालीसँग बिहे गरे Read More…

खेलकुद

उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ विजयी

झापा, पुष ४ । वडा खेलकुद सिमिति मेचीनगर– ८ को आयोजनामा प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वडा नम्बर ८ ले विजयी सुरुवात गरेको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मा शुक्रबार आज भएको उद्घाटन खेलमा वडा नम्बर ८ ले वडा नम्बर १५ लाई ३–१ गोल अन्तरले Read More…