झापा, पुस १ । झापाको धुलाबारीमा हुने तेस्रो औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव २०७६ का लागि आउने कलाकारहरु तय भएका छन् । मेची उद्योग वाणिज्य संघको आयोजनामा हुन गईरहेको तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा आउने राष्ट्रिय स्तरका कलाकारहरु तय भएका छन् । सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक ध्रुव कनालका अनुसार पुस Read More…
Month: December 2019
पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्ड दिने अदालतको फैसला
काठमाडौं, पुस १ । पाकिस्तानको लाहौर हाईकोर्टले पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मामिलामा मृत्युदण्ड दिने सजाय सुनाएको छ । मुशर्रफ अहिले पाकिस्तानमा छैनन् र दुबईमा उपचार गरिरहेका छन् । केही दिन अघि मुशर्रफले जारी गरेको एक भिडियोमा उनले आफ्नो स्वास्थ्य खराब रहेको भन्दै जाँच आयोगलाई आफ्नो स्थिति हेर्न आग्रह गरेका थिए । संविधानको अवहेलना Read More…
एसईई परीक्षा चैत ६ देखि, परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
काठमाडौँ, पुस १ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकको निर्णयअनुसार चैत ६ देखि सुरु हुने परीक्षा १७ गतेसम्म चल्नेछ । परीक्षामा नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको एकसाथ हुने बोर्डले जनाएको छ ।
पाँच पोखरी सामुदायिक बनको ३४औं साधारण सभा सम्पन्न
झापा, मंसिर ३० । पाँच पोखरी सामुदायिक वन उपभोक्ता समूहको ३४ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए । सामुदायिक बनको कार्यालय परिसरमा सोमवार आयोजना भएको साधारण सभामा प्रमुख अतिथि बुढाथोकी सहित विशेष अतिथि डिभिजन बन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिर, सामुदायिक Read More…
आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाबु पक्राउ
काठमाडौं, मंसिर ३० । आफ्नै छोरीलाई पटक–पटक यातना र धम्की दिइ जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक बाबुलाई पक्राउ गरेको छ । पीडितले प्रहरीलाई दिएको सूचनाको आधारमा बर्दियाका ४० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिइएको हो । बिगत केही महिनादेखि भारतको बैङ्लोर लगी आफ्नै १८ वर्षे छोरीलाई एक्लै डेरामा राखी एक महिनासम्म पटक पटक यातना तथा Read More…
रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई
काठमाडौं, मंसिर ३० । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । आइतबार राति १० बजेर २० मिनेटमा उनको उनको निधन भएको हो । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनको कारण भने खुलेको छैन Read More…
कर्णालीको शाखा बनियानिमा
झापा, मंसिर २९ । विर्तामोडमा प्रधान कार्यालय रहेको यस कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १८ औं शाखा सेवाकेन्द्र बनियानिमा सञ्चालन गरेको छ । संस्थाको शाखा सेवाकेन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाले गर्नु भएको छ । प्रमुख अतिथि बानियाले समृद्ध नेपाल, सुखि नेपाली बनाउन सहकारीको अहम् भूमिका रहेने बताउनु भएको Read More…
श्रीमतीको हत्या गरेर शौचालयको सेफ्टीट्याङ्कीमा फाल्ने श्रीमान पक्राउ
काठमाडौं, मंसिर २९ । श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मङसिर १० गते हत्या गरेर सेफ्टीट्याङ्कीमा हालेर बेपत्ता पारिएको थियो । मृतक तामाङको शव शौचालयको सेफ्टीट्याङ्कीमा ब्ल्याङ्केटले बेरेर फालिएको अवस्थामा भेटिएपछि उनका पति २३ वर्षीय अर्जुन थापामगर, ३२ वर्षीय छवि Read More…
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु, १८ घाइते
काठमाडौं, मंसिर २९ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० मिटर ले तल Read More…
ए डिभिजन लिगमा मछिन्द्रको विजयी सुरुवात
काठमाडौँ, मंसिर २८ । ए डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र क्वलबले विजयी सुरुवात गरेको छ। शनिबार एन्फा कम्पेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गरेको हो । मछिन्द्रको जितमा योगेश गुरुङले ३० औं र दीपक राईले ५० औँ मिनेटमा गोल गरे । खेलमा मछिन्द्रकै विशाल राई म्याद अफ दी म्याच Read More…










