काठमाडौं, पुष १७ । जाडो मौसम सुरु भएसँगै छाला खस्रो हुने, फुट्ने आदि समस्याहरुले मानिसहरुलाई सताइरहेको हुन्छ । यस्ता समस्याहरुबाट जोगिन र जाडोमा स्वस्थ रहनका लागि अलि होसियार हुनु आवश्यक छ । यसै सन्दर्भमा आज हामी जाडो मौसममा कसरी छाला खस्रो हुने, फुट्ने समस्याबाट बच्न सकिन्छ भन्ने उपाय तपाईहरुलाई बताउदै छौं ।
डेड स्किन निकाल्ने स् फुटेको भागको छाला अन्य छाला भन्दा रुखो र कडा हुन्छ । हिड्ने डुल्ने गर्दा कुर्कुच्चामा बढी जोर परेको कारणले फुट्ने गर्छ । यसका लागि एकछिन खुट्टालाई पानीमा भिजाई मृत त्वचालाई निकाल्ने र क्रिम लगाउने गर्नाले कुर्कुच्चा मुलायम हुनका साथै फुट्नबाट पनि बच्छ ।
हील बामको प्रयोग स् फुटेको कुर्कुच्चाको सुरक्षा र यसबाट छुटकारा पाउनका लागि हील बामको प्रयोग गर्नु आवश्यक छ । यस बाममा मृत त्वाचालाई निकाल्ने महत्वपुर्ण तत्व हुन्छ । हील बाम प्रयोग गर्दा ुयूरिया साइलिसियल एसिडु युक्त बाम नै प्रयोग गर्नु पर्दछ । कुर्कुच्चाको हेरचाह गर्नका लागि बिहान उठेर बाम लगाई मोजा लगाउनाले पनि फाइदा पुग्ने देखिन्छ।
नरिवल तेलको प्रयोग स् नरिवलको तेल रुखो त्वाचा, एक्जिमा (एक प्रकारको छालामा लाग्ने चिलाउने खालको रोग) लगायतका लागि फाइदाजनक छ । यसको प्रयोगले छाला नरम र मुलायम हुन्छ । खुट्टालाई पानीमा भिजाई डेड स्किन निकाले पश्चात दुखाई कम गर्न कुर्कुच्चामा नरिवल तेल लगाउनु यसको उत्तम बिकल्प पनि हुन सक्छ।

