खेलकुद

विश्व क्रिकेटका १० धनी खेलाडी (नाम सहित)

काठमाडौं, पुष १९ । पछिल्लो समय क्रिकेटरहरु पनि आर्थिक हैसियतमा धेरै माथि उठी सकेका छन् । यसको क्रेज पनि बढ्दो छ । त्यसैले विज्ञापनका लागि पनि अहिले विभिन्न कम्पनीको पहिलो रोजाईमा स्टार खेलाडीहरु नै पर्ने गर्छन् । चाहे अरु खेलकै किन नहुन् । आज हामीले विश्वका १० धनी क्रिकेटरको बारेमा जानकारी दिनेछौं ।

१०. युवराज सिंह

भारतीय टिमका पूर्व खेलाडी युवराज सिंह सिक्सर किंगको नामले विश्वभर परिचित छन् । युवराज सिंहले गत वर्ष क्रिकेटबाट विदा भएका थिए । उनले सवै फरम्याटमा ४०३ अन्तर्राष्ट्रिय प्रतियोगिता भारतका लागि खेलेका छन् । उनले ११ हजार ८ सय ६८ रन बनाएका थिए । भारतका लागि २००७ मा टी २० विश्वकप र २०११ विश्वकप जिताउँदा महत्वपूर्ण भूमिका निभाएका थिए । युवराज भारतका साथै विश्वभर चर्चित छन् । युवराजले ‘प्यूमा, एलजी, रिबोक, एक्सबक्स, रेविटल र पेप्सी’ जस्ता ब्राण्डका लागि काम गरेका छन् । यसका साथै आईपीएल २०१४–१६मा युवराज सिंह सवैभन्दा महँगो खेलाडी प िनबनेका थिए । त्यतिबेला दिल्ली क्यापिटल्सले १६ करोडमा खरिद गरेका थिए ।

९. शेन वाट्सन

अस्ट्रेलियाका पूर्व अलराउण्डर खिलाडी शेन वाट्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । वाट्सनले अस्ट्रेलियाका लागि ३०७ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले १० हजार ९ सय ५० रन बनाउँदै २८१ विकेट पनि लिएका छन् । देशका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका वाट्सनले आईपीएल, पीसीएल, बीबीएल, बिगबास लिग भने खेल्दै आएका छन् । एक उत्कृष्ट अलराउण्डर भएका कारण पनि उनी टी १० लिगमा महँगो मूल्यमा आवद्ध भएका थिए । आईपीएल २०१६ मा रोयल च्यालेन्जर्स बैंग्लोरले ९.५ करोडमा २ वर्षका लागि खरिद गरेको थियो ।

८. विरेन्द्र सहवाग

विरेन्द्र सहवाग भारतीय टिम इन्डियाका सबैभन्दा विस्फोटक ब्याट्सम्यान हुन् विरेन्द्र सहवाग । भारतका लागि टेस्टमा तेहेरो शतक लगाउने एक मात्र व्याट्सम्यान पनि सहवाग बनेका छन् । सहवागले भारतका ३७४ अन्तर्राष्ट्रिय प्रतियोगितामा १७ हजार २ सय ५३ रन बनाए । सहवाग लामो समयसम्म हिरो होण्डाका ब्राण्ड एम्बेसडर बनेका थिए । क्रिकेटको साथै सहवाग बूस्ट, स्यामसुंग, रिबोक, एडिडास र अरु अन्तर्राष्ट्रिय ब्राण्डका लागि विज्ञापन पनि गरेका छन् । अहिले सहवाग हरियाणमा अन्तर्राष्ट्रिय स्कूल चलाइरहेका छन् । उनले किंग्स इलावेन पञ्जावको मेन्टरको भूमिकामा पनि थिए ।

७. शेन वार्न
अस्ट्रेलिया टिमका पूर्व अनुभवि लेग स्पिनर शेन वार्न विश्वका सबैभन्दा धेरै विकेट लिने खेलाडीको सूचीमा अहिले पनि दोस्रो स्थानमा छन् । वार्नले अन्तर्राष्ट्रिय क्रिकेट करियरमा १००० विकेट लिएका छन् । आईपीएलमा राजस्थान रोयल्सले उनकै कप्तानीमा उपाधि जितेको थियो । वार्न अहिले राजस्थानको मुख्य प्रशिक्षकको भूमिका छन् । वार्नले भिक्टोरिया विटर, पेप्सी, म्याकडोनाल्ड्स लगाएत अरु धेरै ब्राण्डको विज्ञापन मार्फत करोडौं कमाउने गरेका छन् ।

६. ब्रायन लारा
वेस्टइण्डिजका पूर्व कप्तान ब्रायन लारा विश्वकवै उत्कृष्ट ब्याट्समायन हुन् । उनले ४३० अन्तर्राष्ट्रिय म्याचमा २१ हजार बढी रन बनाएका छन् । टेस्ट क्रिकेटको एकै पारिमा ४ सय रन बनाउने विश्वको एक मात्र खेलाडीको नाम पनि ब्रायन लारा नै हो । लारा लामोसमयसँग टायर कम्पनी एमआरएफको ब्राण्ड एम्बासडर बनको थिए । यसका साथै लारा अन्तर्राष्ट्रिय गल्फ प्रतियोगिता पनि खेलिसकेका छन् । उनले वेस्टइण्डिज क्रिकेट बोर्डको आर्थिक अवस्था माथि उठाउन पनि मद्दत गर्दै आएका छन् ।

५. रिकी पोन्टिङ
रिकी पोन्टिङ एक उत्कृष्ट खेलाडीका साथै अष्ट्रेलियाका उत्कृष्ट कप्तान पनि हुन् । उनको कप्तानीमा अस्ट्रेलियाले लगातार २ पटक विश्वकपको उपाधि पनि जितेको छ ।

अस्ट्रेलियाका लागि ५६० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पोन्टिङले २७ हजार ८२ रनको योगदान गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा अष्ट्रेलिययाका लागि ७१ शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् । क्रिकेटका साथै पोन्टिङले वाल्वोलिन, एडिडासm पुरा दूध, रेक्सोना लगाएतका ब्राण्डको विज्ञापन पनि खेलेका छन् । क्रिकेट ब्याट उत्पादन गर्ने कम्पनी कूकाबुराको ब्राण्ड एम्बास्डर पनि भएका थिए । उनी अहिले आईपीएलमा दिल्लीका प्रशिक्षक हुन् भने विश्वकै महँगो क्रिकेट कमेन्टटेटरको रुपमा पनि रहेका छन् ।

४.ज्याक कालिस
ज्याक कालिस दक्षिण अफ्रिकाका साथै विश्वकै महान अलराउण्डमा पर्छन् । कालिसले ५१९ अन्तर्राष्ट्रिय म्याचमा २५ हजार ५३४ रन बनाएका छन् । साथै उनको नाममा ५७७ विकेट पनि रहेको छ । कालिसले क्रिकेटको हरेक फरम्याटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । कालिस अहिले कोलकता नाइटराईडर्सको ब्याटिङ प्रशिक्षकको भूमिकामा पनि छन् ।

३.विराट कोहली
विश्व क्रिकेटमा अहिले भारतीय टिमका कप्तान विराट कोहली चर्चित छन् । कोहली हरेक फर्म्याटमा सफल पनि भएका छन् । कमाईको हिसाबले पनि कोहली अहिले चर्चित नै छन् । भारतीय र अन्य विदेशी कम्पनीहरुका पनि उनी अहिले ब्राण्ड एम्बासडर छन् । आईपीएल २०१८ को सिजनमा रोयल च्यलोन्जर्स बैंग्लोरले १७ करोड दिएका थियो । यसका साथै कोहली अहिले पेप्सी, वालवोलिन, गूगल, हिरो मोटो कप, कोलगेट, टिसोट, टूयम, मान्यवर जस्ता ब्राण्डको एम्बासडर छन् । टायर कम्पनी एमआरएफको स्टिकर ब्याटमा लगाए वापत कोहलीले ८ वर्षको सम्झौता हुँदा १०० करोड दिएको थियो ।

२. महेन्द्रसिंह धोनी
भारतीय टिमका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी सफल कप्तान मध्यका एक हुन् । उनले भारतलाई टी २० र एक दिवसीय गरि २ वटा विश्वकप दिलाएका छन् । धोनी भारतका लागि आईसीसीका तीन टुर्नामेन्ट जित्ने पहिलो र एक मात्र कप्तान पनि हुन् । धोनी गल्फ आयल, बुस्ट, रिबोक, म्याकडोयल्स, टीभीएस मोटर्स, रेड बस, सोनी ब्राविया, लेयस, आम्रपाली, स्निकर्स, कोलगेट, एरिएन्टलगाएतका कम्पनीका लागि पनि काम गरका छन् ।

१. सचिन तेन्दुलकर
विश्वकै धनी क्रिकेटर बन्ने अबसर भने सचिन तेन्दुलकरलाई प्राप्त भएका छ । अन्तर्राष्ट्रिय क्रिकेटमा ३४ हजार भन्दा धेरै रन र शतकको पनि शतक बनाउने सचिन विश्वकै एक मात्र खेलाडी हुन् । तेन्दुलकर बीएमडब्ल्यू, पेप्सी, ल्यूमिनस, एडिडास, केनन, फिलिप्स, ब्रिटानिया, बीआईएसए, क्यास्ट्रोल, कोका कोला जस्ता धेरै ब्राण्डको विज्ञापन पनि खेलेका छन् । सचिन विज्ञापनबाटै १०० करोड कमाउने विश्वकै पहिलो क्रिकेट पनि हुन् । १९९० को दशकको अन्त्यमा सचिन एक आफै ब्राण्ड बनेका थिए । उनले भारतीय क्रिकेट बोर्डलाई ऋणबाट मुक्त बनाउन र विश्वकै धनी क्रिकेट बोर्ड बन्नका लागि बीसीसीआईलाई मद्दत गरेका थिए । नेप्लेज/एजेन्सी

Leave a Reply

Your email address will not be published.