काठमाडौं, पुष २७ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर१८ का वडा अध्यक्ष गोपाल डिस्वा मगर विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।
घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत पुस ४ मा नियन्त्रणमा लिएको थियो ।
मगरले नाता प्रमाणित, घर गोठ बाटो प्रमाणित र सेवा टहल तथा औषधी उपचारको सिफारिश गर्न २ लाख घुस लिएका थिए । सो पैसाको भुक्तानी रसिद माग्दा मगरले सेवाग्राहीलाई कुनै भर्पाई नदिएको आयोगले जनाएको छ ।
उनीविरुद्ध आयोगले एक लाख देखि पाँच लाखसम्म जरिवाना र ६ महिना देखि डेढ वर्षसम्म कैद सजाय माग गरेको छ ।

