
काठमाण्डौं, माघ २७ । घातक कोरोना भाइरसका कारण विश्वभरि १० हजार मानिस संक्रमित बनेका छन्। ती मध्यै ९ हजार ७ सय मानिस चीनका छन्। भाइरसका कारण अहिलेसम्म २ सय १३ जनाको मृत्यु भएको छ।
भाइरसको त्राससँगै चीनमा मास्कको माग पनि बढेको छ। तर, कतिपय ठाँउमा मास्क नपाएपछि मानिसहरुले सेनेटरी प्याड, ब्रा लाईनै मास्क बनाएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेका छन्।
कसैले प्लाष्टिक बोतल, फलफूल हरुलाई पनि मास्क बनाएका छन् । कोरोना भाइरसबाट बच्नको लागि सर्जिकल मास्क अपुग भएपछि मानिसहरुले विचित्रको मास्क लगाउने गरेका छन्।
कोरोना भाइरसबाट बच्न मानिस जस्तोसुकै कदम उठाउन बाध्य बनेका हुन् । अमेरिका, बेलायत, कोरिया लगायतका देशले चिनियाँ नागरिकलाई सर्जिकल मास्क सहयोग गरेका छन् । एजेन्सी

