राजनीति शिक्षा

प्रणय दिवसको अवसरमा अनेरास्ववियूले गर्यो प्रेम पत्र तथा गजल वाचन प्रतियोगिता

झापा, फागुन २ । फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसर पारेर अनेरास्ववियू त्रिदेब क्याम्पस कमिटिले प्रेम पत्र तथा गजल बाचन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय सदस्य मिलन राईले गरेका थिए |

प्रमुख अतिथि राई

प्रतियोगितामा क्याम्पसमा अध्ययन १६ जना विद्यार्थीले सहभागी जनाएका थिए । प्रतियोगितामा बिएड प्रथम बर्षमा अध्ययनरत मन्जु चिमरिया प्रथम , विएड प्रथम बर्ष मै अध्ययनरत सजिन वोहोरा द्वितीय र बिएड चौथो बर्षमा अध्ययनरत निशा आचार्य तृतीय भएकी छिन । उनिहरूले क्रमश १५००,१००० र ५०० नगद सहित प्रमाण पत्र प्रप्त गरे ।

मेचिनगर पालिका वडा न १३ का वडा अध्यक्ष कृष्ण शिग्देल, अनेरास्ववियू झापा जिल्ला संयोजक अनिल सुवेदी , झापा जिल्ला सह संयोजक दुर्गा धमला,क्याम्पस संचालक समिती अध्यक्ष हरि घिमिरे,क्याम्पस प्रमुख मादब प्याकुरेल, राष्ट्रिय युवा सघ मेचिनगर कमिटी सचिवालय सदस्य भोजराज पराजुली लगायतको अातिथ्यता रहेको थियो।

अतिथिहरू

अनेरास्ववियू त्रिदेब क्याम्पस कमिटि संयोजक इगिन्द्र भण्डारी (योगेश) को अध्यक्षता अायोजना भएको कार्यक्रम सञ्चालन आशिष पौडेल र मन्जु चिमरियाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.