इलाम, फागुन २ । चुलाचुली गाउँपालिकामा स्थानीय तहमा बढेको बेतिथी र अनियमिता बिरुद्ध नेपाली कांग्रेसले खबरदारी गर्दै शुक्रवार (आज) चुलाचुली गाउँपालिकामा १६ बुँदे ज्ञापन पत्र बुझाएको छ । चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द राईलाई सो ज्ञापन पत्र वुझाईएको हो ।

ज्ञापन पत्र वुझाउन नेपाली कांग्रेस इलाम क्षेत्र नं २ ख का नेपाली काग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यको प्रमुख आतिथित्वमा नेपाली काग्रेस जिल्ला उपसभापति शान्तिकला राई, सदस्य सुवास आङथुपो, नरेन्द्र लावती, गाउँ उपसभापति नरेन्द्र कुमार वान्तवा, गाउँपालिका पार्टी सचिव त्रिलोचन गौतम, स्थानीय चुनाव २०७४ को अध्यक्षको प्रत्यासी उमेद्दवार तथा क्षेत्रिय तरुणदल सभापति राजेन्द्र केरुङ, क्षेत्रिय प्रतिनिधी गोविन्द राई लगायतको उपस्थिति रहेको थियो ।

जनप्रतिनिधीहरुको भूमिका तथा जिम्मेवार जनमुखी नभएको, जनसरोकारमा गम्भिर नभएको, सरकार कार्यशैलीमा पारदर्सिता नभएको जनगुनासोलाई लिएर स्थानी सरकारको घोरभत्र्सना गर्दै ज्ञापन पत्रमा बुँदहरु उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस पार्टी,चुलाचुली गाउँपालिकाको सभापति गणेश फागोले भने, नेपाली कांग्रेस इलामले जिल्लाका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझाउँदै खबरदारी गरिरहेको जनाएको छ ।

