खगेन्द्र घिमिरे
झापा, फागुन ९ । अवैध तस्करी बाट संकलन भएका सामान रातारात गायव बनाउने इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुवास खनाल बिभागीय कारवाही गरिएको छ । उनलाई आन्तरिक विभागीय कारबाही गर्दै काँकरभिट्टा बाट सरुवा गरिएको छ।
सञ्चारमाध्यमकै गाडी दुरुपयोग गरी बरामद गरिएका तस्करीका सामान अन्यत्र पठाउने घटनामा मुछिएका प्रहरी निरीक्षक खनाल लाई सामान लोड गर्न उनका बडीगार्ड मनिष घिमिरे सघाउने गरेका थिए । यी क्रमममा केही दिन अघि संचारमाध्यमकै गाडी प्रयोग गरेर प्रहरी कार्यालय भित्रै बाट मार्बल पठाउदै गरेको समाचार झापाका खोज संचारकर्मी खगेन्द्र घिमिरेले पहिलो पटक बाहिर ल्याएका थिए ।
कार्यालयमा प्रमुख नभएको मौका छोप्दै ,पछाडीको गेट प्रयोग गरी उनले धेरै पटक यसरी अवैध बरामत गरेका सामान हरु लाने गरेको बिशेष सूचनाको आधारमा संचारकर्मीले यो खोज गरेका हुन ।
प्रहरी निरीक्षक खनालले इलाका प्रहरी कार्यालयमा अवैध रूपमा जफत गरिएका चार कार्टुन मार्बल सञ्चार माध्यमको को. २ च १४१५ नम्बरको मारुती भ्यान प्रयोग गरी घर पठाउनै लागेको अवस्थामा सञ्चारकर्मीले स्थलगत रिपोर्टिङ गर्दै घटना बाहिर ल्याएपछि प्रहरीको कर्तुत बाहिर आएको थियो।
’इन्स्पेक्टरकै सेटिङमा तस्करी मार्बल पठाउन लाग्दा खुल्यो रहस्य’ भन्ने शीर्षकमा भिडियो नै प्रसारण भएपछि प्रदेश १ प्रहरी कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय झापाले प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा चार सदस्य छानबिन टोली गठन गरी प्रहरी निरीक्षक खनालसहित घटना मुछिएका प्रहरी कर्मचारीमाथि आन्तरिक छानबिन गरेका थिए।
छानबिन टोलीले आन्तरिक विभागीय कारबाही गर्दै केही प्रहरी कर्मचारीलाई एक साताअघि त्यहाँबाट जिल्लाकै अन्यत्र प्रहरी कार्यालयमा सरुवा गरिसकेका छन, भने प्रहरी निरीक्षक खनाललाई घर बिदा दिइएको थियो। विराटनगर घर बिदा गएका खनालको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले दुहबी दङ्गामा सरुवा गरिएको समाचार स्रोतको भनाई छ ।

