झापा, फागुन ६ । झापाको बिर्तामोडमा एक महिनाअघि सञ्चालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालले क्यान्सर रोग परीक्षण गर्ने थ्री डी अटोमेटिक मेमोग्राम मेसिन भित्र्याएकाे छ । विश्वको स्वास्थ्य क्षेत्रमा स्तन (ब्रेस्ट) क्यान्सर पत्त लगाउनका लागि अतिउपयोगी मानिएको मेमोग्राम पूर्वाञ्चल क्यान्सर अस्पतालले मंगलबारदेखि सञ्चालनमा ल्याएको अस्पतालका निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । अस्पताल परिसरमा मंगलबार आयोजित पत्रकार Read More…
Month: February 2020
सत्तारुढ नेकपा छाड्नेको लहर, एक गाउँ सबै कांग्रेसमा प्रवेश
रामेछाप, फागुन ६ । रामेछाप जिल्लामा पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भूकम्प नै गएको छ । सत्तारुढ दल भए पनि व्यवहार भने अपमानजनक हुँदा पार्टी भित्रका नेता कार्यकर्तामा वितृष्णा जागृत भएको छ । उक्त क्रममा नेकपा परित्याग गरी धमाधम नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको छ । सोमबार मात्रै जिल्लाको लिखु तामाकोसी गाउँपालिका Read More…
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
झापा, फागुन ६ । कचनकवल गाउँपालिका बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी तेरहौता-१ बस्ने २६ वर्षीय बिक्रम ठाकुरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ठाकुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी केराबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ Read More…
अञ्चल अस्पतालका शौचालय दुर्गन्धित
झापा, फागुन ६। अस्पताल प्रशासन र विकास समितिले ध्यान नदिँदा मेची अञ्चल अस्पताल अत्यन्त दुर्गन्धित पाइएको छ । मंगलबार बिहान जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले गरेको अनुगमनमा अस्पतालका शौचालय तथा भित्री भाग अत्यन्त फोहोर भेटिएको थियो । पूर्ण सरसफाइ अभियानअन्तर्गत गरिएको अनुगमनमा अस्पतालका सबै शौचलाय दुर्गन्धित भेटिएको हो । अस्पताल प्रशासनले सरसफाइ Read More…
सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप
काठमाडौं, फागुन ६ । भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ। भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ। भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको छ। Read More…
माइभ्यालीको खेल तालिका सार्वजनिक
नरेन इलामेली इलाम, फागुन ५ । पूर्वी पहाडकै सर्वाधिक धन राशीको लोकप्रिय फूटबल प्रतियोगिता छैटौँ संस्करणको अन्तराष्ट्रिय माइभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । फागुन १५ गतेबाट इलामको ठूलो टुँडिखेलमा संचालन हुने प्रतियोगिताको खेल तालिका सोमबार सार्वजनिक गरिएको हो । यस बर्ष पनि विगत बर्षमा झै विदेशी सहित नेपालका चर्चित टीमहरुको सहभागिता रहने छ Read More…
राष्ट्रपति रनिङ शिल्डमा धुलाबारी मावि च्याम्पियन
झापा, फागुन ५ । मेचीनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी माविले हात पारेको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भई सोमबार समापन भएको सो प्रतियोगिताको उपाधि धुलाबारीले उछिनेको हो । तीन दिवशीय उक्त प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको धुलाबारीले खेलका विभिन्न विधामा गरी १९ वटा स्वर्ण Read More…
महरा रिहा; सांसद पद पुर्नस्थापित हुँने
काठमाडौं, फागुन ५ । बलात्कार प्रयासको अभियोग लागेका पूर्व सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । महराले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएसंगै रिहाई भएका हुन् । डिल्लीबजार कारागारमा महराको रिहाईम नेकपाका कार्यकर्ता तथा महराका शुभचिन्तकहरुको ठूलो भीड लागेको थियो । अब उनको पहिलेको सभामुख पद के हुन्छ त ? रोशनी शाहीले बलात्कार प्रयासको आरोप लगाउँदै Read More…
प्रधानमन्त्री अोलीद्वारा दमक–चिसापानी–रवि कालोपत्र शिलान्यास
झापा, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको अाइतवार (आज) शिलान्यास गरेका छन् । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उनले शिलान्यास गरेका हुन् । विसं २०४७ देखि शुरु भएको ४७ किलोमिटर लामो निर्माणाधीन सो सडकको तीन खण्ड कालोपत्रको काम अघि बढेको छ । सडक डिभिजन कार्यालय Read More…
सताक्षी गोल्डकप; उद्घाटन खेलमा आयोजक विजयी
झापा, फागुन ४ । सताक्षी गोल्डकपको तेस्रो संस्करणको उद्घाटन खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबले जित हासिल गर्दै क्वार्टर फाइनल यात्रा तय गरेको छ । पाहुना टोली मनाङ मस्र्याङ्दीविरुद्व १–० को जित निकाल्दै घरेलु मैदानमा आयोजकले विजय यात्रा तय गरेको हो । झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा भएको उद्घाटन खेलमा आयोजकले लिगको तेस्रो स्थानमा रहेको ए Read More…










