झापा, चैत ३ । अनेरास्ववियू मेचीनगरका विद्यार्थी नेता अाशिष पौडेलले अाफ्नो २१ अौं जन्मोत्सवको अवसर पारेर स-साना विद्यार्थीहरूलाई स्कुल ब्याग वितरण गरेका छन् ।

उनले मेचीनगर ९ स्थित हरि आधारभुत विद्यालयमा कक्षा ३ सम्म अध्यायनरत विद्यार्थीहरूलाई ४० थान स्कुल ब्याग वितरण गरेका हुन् ।
विद्यालयका भुपु विद्यार्थी तथा भुपु विद्यार्थी संघका सचिव समेत रहेका पौडेलले जन्मोत्सवको अवसर पारेर अाफुले कखरा सिकेको विद्यालयमा अध्यायनरत स-साना विद्यार्थी भाइबहीनिहरूलाई सहयोग गर्न पाउँदा अाफु भाग्यमानी ठानेको बताए ।
सोमवार विद्यालय परिसरमा विद्यालयका प्रधानाध्यापक रुद्र फुयाल, विद्यालयका भुपु विद्यार्थी संघ अध्यक्ष मुकेश तुम्रुक, गृहलक्ष्मी बचत तथा ॠण सहकारी संस्था धुलाबारीका व्यवस्थापक सरोज मेहरा, राष्ट्रिय युवासंघ नेपाल जिल्ला कमिटि सदस्य राजु धिमाललगायको अातिथ्यता रहेको कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका,विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बालकृष्ण थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चलन शिक्षक माधव फुयालले गरेका थिए ।

