संघ \संस्था

विचल्लीमा परेका यात्रुलाई अब होटल व्यवसायी संघ मेचीनगरले सामुहिक खाना खुवाउने

झापा, चैत २७ । लकडाउनका कारण विचल्लीमा परेका यात्रुहरुलाई होटल व्यवसायी संघ मेचीनगरले भोलीदेखि सामुहिक खाना खुवाउने भएको छ ।

आज (विहिवार) साँझदेखिनै उनीहरुलाई खाना खाने व्यवस्था गरिएको भए पनि भोली (शुक्रबार) बाट मेस स्थापना गरि खाना खाने व्यवस्थापन गरिएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष गोपाल श्रेष्टले बताउनु भयो ।

कोरोना भाइरसका कारण लकडाउनमा परेका यात्रुहरु काँकरभिट्टा विभिन्न होटलमा गएको दुई सातादेखि बसिरहेका छन् । उनीहरुसँग भएको पैसा सकिएको र होटलले पनि लामोसमय सम्म खुवाउन नसक्ने भएपछि सामुहिक खानाको व्यवस्था गर्नु परेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

लक डाउन कति समयसम्म लम्बिन्छ भन्ने टुंगो नभएका कारण होटलमा बसोवास गर्नेहरु विचल्लीमा पर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published.