स्वास्थ्य

आजदेखि विराटनगरमा पनि कोरोना परीक्षण गरिने

विराटनगर, चैत २८ । शुक्रबार (आज) देखि कोरोना भाइरसको थ्रोट स्वाब नमूना परीक्षण विराटनगरबाट पनि शुरु गरिने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले काठमाडौबाट ल्याएको आवश्यक किट्स र उपकरण बुझ्दै कोशी अस्पताल विराटनगरले शंकास्पद व्यक्तिको नमूना परीक्षण शुक्रबारबाट शुरु गर्ने जानकारी दिए ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा दैनिक २० जनाको मात्रै स्वाब परीक्षण गर्ने क्षमता भएकोमा अब विराटनगरमा पनि यो सुविधा उपलब्ध भएको छ ।

शुक्रबारदेखि प्रदेशका क्वारेन्टाइनबाट  र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट पनि कोरोना भाइरसको शङकास्पद विरामीको रगतको नमूना परीक्षण शुरु गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.