झापा, चैत ३० । नेपालको पूर्वी नाका संग जोडीएको सुदुर पूर्वमा रहेको मेचीनगर नगरपालिकाका जनप्रतिनिधिहरुले आफुले जनप्रतिनिधी बापन पाउने रकम राहत कोषलाई दिने भएका छन् ।

मेचीनगरमा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यलगायत ८० जना जनप्रतिनिधिहरु छन् । उनीहरुले विभिन्न शिर्षकबाट प्राप्त गर्ने सुविधा बापतको एक महिनाको रकम १० लाख ५० हजार ३ सय ९० कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय भएको मेचीनगरका प्रमुख बिमल आचार्यले जानकारी दिए ।

अहिलेको बिषम परिस्थितिमा नगरले खडा गरेको राहत कोषमा सहयोग गर्नु हामी सबैको दायित्व हो त्यसैले पनि आफुले जनप्रतीनिधि बापत पाउने एक महिनाको रकम नगरको राहत कोषलाई दिने निर्णय गरेको उपप्रमुख मीना उप्रेतीले बताईन् ।
जनप्रतिनिधिहरुको चैत महिनाको सुविधा बितरण भइसकेकाले कोरोना कोषमा बैशाख महिनाको सुविधाबाट जम्मा हुने जनाईएको छ । जनप्रतितिनिधिहरुले बैठक भत्ता, टेलिफोन खर्च, खाजा खर्च, पुस्तक पत्रपत्रिका र इन्टरनेट खर्च, अनुगमन खर्च, खानेपानी तथा बिजुली खर्च, सरसफाई र मर्मत र अतिथि सत्कार शीर्षकमा सुविधा बापतको रकम पाउने गरेको मेचीनगर कार्यालयले जनाएको छ ।

