विविध

पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

काठमाडौं, बैशाख १६ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले २९ अप्रिलमा एक उल्कापिण्ड पृथ्वीको अत्याधिक नजिकमा आउने बताएको छ ।

पृथ्वीको नजिक आउने क्रममा उल्कापिण्ड १९ हजार किलोमिटर प्रतिघण्टाको दरले आउने बताएका छन् । नासाका अनुसार यो पृथ्वीमा असर गर्नका लागि पर्याप्त रहेको बताएको छ । वैज्ञानिकका अनुसार यो उल्कापिण्ड एउटा विशाल पहाड जत्रो रहेको छ भने मास्क लगाएको जस्तो देखिएको छ ।

नासाको सेन्टर फर नियर अर्थ स्टडीजका अनुसार बुधवार, २९ अप्रिलको विहान नेपाली समयानुसार ६ः१९ बजे ईस्टन टाइममा उल्कापिण्ड पृथ्वीको नजिक भएर जानेछ । वैज्ञानिकका अनुसार उल्कापिण्ड धर्तीमा ठोक्किने सम्भावना कम रहेको छ ।

वैज्ञानिकहरुका अनुसार यस उल्कापिण्डलाई सम्भावित खतरनाक वस्तुको रुपमा वर्गीकृत गरिएको छ । यो उल्कापिण्ड ५०० फिट भन्दा पनि ठूलो रहेको छ भने पृथ्वीको कक्षमा ७५ लाख किलोमिटर भित्र आउने बताइएको छ । त्यसैले भविष्यमा यो पृथ्वीका लागि खतरा बन्न सक्ने बताएका छन् । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published.