समाचार

नेपालमा थप २ जनामा कोरोना पुष्टि

काठमाडौं, बैशाख २५ । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरू कपिलवस्तुका  हुन् ।

बिहीबार गरिएको प्रयोगशाला परीक्षणका क्रममा कपिलवस्तु-८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना भाइरसक पोजेटिभ देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरु दुवैजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र उनीहरुको अवस्था सामान्य जानकारी मन्त्रालयले दिएको छ ।  नेपालमा संक्रमितको १०१ जनामध्ये  २२ जना निको भएका छन् भने निको भएकामध्ये ३ जनामा पुन:संक्रमण देखिएको छ ।


Leave a Reply

Your email address will not be published.