विविध

पराजुलीले गरे परदेशबाट नै आफ्नो गाँउका विपन्न परिवारलाई सहयोग

झापा, जेठ ७ । मेचीनगर नगरपालिका वार्ड नं ५ मा घर भएका हाल रोजगारीको सिलसिलामा अष्ट्रेलीयामा बस्दै आएका डिल्ली पराजुलीले आफ्नो मातृभूमिलाई सम्झदै दुःखमा परेका आफ्नो वडाका विपन्न परिवारलाई खाद्यन्न सहयोग गरेका छन् ।

पराजुलीलेले हाल विश्वमा महामारीको रुपमा आएको कोरोना भाइरस कोबीड–१९ को संक्रमण बड़े सँगै नेपाल सरकारले गरेको लकडाउनले दैनिक ज्यालादारी, अतिविपन्न वर्गलाई दैनिक चुलो बाल्न गार्हो भई रहेको अवस्थामा आफुले पनि आफ्नो गाँउका लागि सानो सहयोग गरेको पराजुलीले बताए । उनले राहत स्वरुप
वडाका अति विपन्न १३० घर परिवारलाई प्रति परिवार पन्द्र केजीका दरले चामल वितरण गरेका छन् ।

उनले आफ्नी आमा लेखमाया पराजुली मार्फत वडा अध्यक्ष योगेन थापामगरलाई सो राहत सामाग्री हस्तान्तरण गरेका थिए । मेचीनगर ५ का यूवा समाजसेवी पुष्पकुमार गेलालको संयोजकत्वमा वडाका २४ वटा टोल विकास संस्थामार्फत विपन्नका घरघरमा नै पुगेर राहत सामाग्री वितरण गरेको थियो ।

आफ्नो जिबनको वास्तानगरी परदेशमा बसेर आफै कोरोनाको नजिक रहेर पनि आफ्नो जन्मगाँउका इष्टमीत्र साथिभाइ सम्झी दुःखमा परेका छरछिमेकलाई सहयोग गरेकोमा वडा अध्यक्ष थापामगरले आभार ब्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.