काठमाडौं, जेठ ७ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् ।
गत जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट नेपालको ती भूभाग समेटिएको नक्सा पारित गरिएको थियो । बैठकले लिपुलेक, लिक्पियाधुरा र कालापानी समेटिएको नक्सा स्वीकुत गरेको थियो ।
नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । उक्त अतिक्रमित भूमी बाहेक नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।

