समाचार

आमाको हत्या गरी छोराले गरे आत्महत्या

मोरङ, जेठ १५ । मोरङमा एक युवकले आमाको हत्या पछि आत्महत्या गरेका छन् । बेलबारी नगरपालिका–४ काकुम बुधबारेका ३० बर्षिय छोरा जीवनबहादुर लिम्बुले आफुलाई जन्म दिने ५० बर्षिय आमा देवीकुमारी लिम्बुको हत्या गरी आफुले पनि आत्महत्या गरेका छन् ।

बिहिबार दिउँसो टाउँको र निधारमा छुरा प्रहार गरी आमाको हत्या पछि यही छुराले आफ्नो घाटी र पेटमा रेटेर ती युवकले आत्महत्या गरेका पारम्भीक अनुसशन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सामान्य आर्थिक अवस्था भएको परिवारका सदस्य लिम्बुले आमाको हत्या गर्नुको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.