काठमाडौं, जेठ १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा छैटौँ व्यक्तिको मृत्यु भएको छ।
भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक युवकको बाटोमै मृत्यु भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । त्यसै गरी कोरोना संक्रमणलाई पराजित गर्दै निको भएर २०६ जना घर गईसकेका छन् ।

