स्वास्थ्य

कोरोना अपडेट: विश्वभर ७३ लाख १६ हजार नाघे संक्रमित, कति पुगे मृतक ?

काठमाडौं, जेठ २८ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ काकारण वल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म ७३ लाख १६ हजार ७७० जनामा कोरोना संक्रमण फैलिएको छ। त्यस्तै ३६ लाख २ हजार ४८० जनाले कोरोना संक्रमण जितेका छन् ।

साथै ४ लाख १३ हजार ६२३ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यसैगरी ५३ हजार ९ सय ११ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यसैगरी संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण हालसम्म २० लाख ३८ हजार ३ सय ३ बढी मानिसमा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ११ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको र ७ सय ८० जनाको ज्यान गएको छ ।

त्यसैगरी, कोरोनाको कारण अमेरिकामा हालसम्म १ लाख १३ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । हालसम्म ७ लाख ७६ हजार ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । साथै संक्रमितमध्ये ११ लाख ४८ हजार १ सय ९० जना उपचाररत रहेका छन् । भने १६ हजार ८ सय ९२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

Leave a Reply

Your email address will not be published.