संघ \संस्था स्वास्थ्य

सोमवार १२ बजे देखि आगामी शनिवार राती १२ बजेसम्म कनकाई नपा पुर्णरुपमा सिल

झापा, असार ८ । कनकाई नगरपालिका ७ दुर्गापुरस्थित दलित भवनमा रहेको क्वारेन्टाइनमा रहेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएसगै कनकाई नगरपालिकाको १ नम्बर देखि ७ नम्बर सम्मको वार्डलाई पुर्ण सिल गरिएको छ ।

उक्त क्वारेन्टाइनमा कुवेतबाट गत असार ३२ गतेदेखि रहदै आएकी एक ३१ ब्र्षिय युवतीमा कोरोना पुष्टि भएसगै कनकाईमा सिल गरिएको हो । उक्त महिलाको एक वालक आफन्त केहि घण्टा उनीसगै बसेर खेलौना समेत लिएर घरमा गएको पत्ता लागेसगै कोरोना संक्रमणको भय गाउँमा देखिनसक्ने भन्दै कनकाई नगरपालिकाले कन्ट्राक्क टेसिङ्गका लागि नगरपालिकाको ७ वटा वार्ड आज सोमवार १२ बजे दिउसोदेखि आगामी शनिवार राती १२ बजेसम्म पुर्णरुपमा सिल गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । हाल दुर्गापुरको दलित भवनमा ७ जना रहदै आएका छन ।

क्वारेन्टाइनमा सुरक्षा गर्दै आएका प्रहरीको खुट्टा मर्किएपछि उनी केहि समय अन्यत्र गएको बेलामा कोरोना संक्रमित युवतीका आफ्न्त वालकले भेट गरेका थिए । दुर्गापुर क्वारेन्टाइन र ती संक्रमित युवतीको घर नजिक्कै रहेको छ । आज दिउसोबाट भएको लक डाउनमा बैँक वित्तिय संस्था , पसल लगायात सबै क्षेत्र बन्द गर्न भनिएको छ औषधि पसल भने खुल्ला रहने छ । यो घटनापछि विदेशवाट आउने जोकोहीलाई आफ्नो घर पायप क्षेत्रको क्वारेन्टाइनमा राख्न नहुने आवाज उठ्न थालेको छ ।

कनकाईमा यो घटनासगै कोरोना संक्रमितको सङ्ख्या ४ पुगेको छ । यसअघि भारतको कानपुरबाट आउने ३ जना पुरुषमा कोरोना फेला परेको थियो । उनीहरु अहिलेपनि अस्पतालमा उपचारमा रहेका छन ।

Leave a Reply

Your email address will not be published.