झापा, असार ७ । गोर्खा यूवा समुह मेचीनगरको नँया बर्ष २०७७ सालको शुभअवसरमा आयोजित उपहार कार्यक्रमको नतिजा शनिबार सार्वजनिक भएको छ ।
समुहले बैशाख १ गते नै उपहारको नतिजा सार्वजनिक गर्ने भनिएता पनि देशमा जारी लकडाउका कारण नतिजा सार्वजनिक गर्न ढिला भएको समुहका अध्यक्ष अर्जुन श्रेष्ठले बताए ।
प्रति टिकट एक सय रुपैया रहेको उपहार कार्यक्रममा प्रथम उपहार १ थान ल्यापटप फिक्कल इलामका सुनिल प्रधानले जितेका छन् । उनले रसिद नं १३४३ बाट सो उपहार जितेका हुन् । त्यसैगरेर दोस्रो उपहार १ थान ३२ इन्चको एलइडी टिभी मेचीनगर–१० का प्रेक्षा सुनुवारले रसिद नं ९९६ बाट जितिन् ।
मेचीनगर–६ का रविन गिरीले रसिद नं ८५७ बाट १ थान स्मार्ट फोन जिन्त सफल भए । उपहार कार्यक्रममा १० जनेले भित्तेघडी र ३० जनाले प्रतिब्यक्ति रु एक सयको रिचार्ज सान्त्वना स्वरुप प्राप्त गरे ।

