विचार

देशलाई हामी आमा मान्छौँ, काटेर खान मिल्दैन: भीम रावल

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधि सभा सांसद भीम रावलले नेपाली मौलिक सँस्कृति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा केक काटेको बिषयलाई लिएर आपत्ति प्रकट गरेका छन्।

एक ट्वीट गर्दै रावलले हामीले देशलाई आमा मान्ने भएकोले काटेर खान नमिल्ने भन्दै आपत्ति प्रकट गरेका हुन्। उनले पार्टीको निर्णयले पनि यति धेरै रकम खर्चेर जन्मदिन मनाउन नमिल्ने बताएका छन्।

ट्वीटरमा उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना !
यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ ‘समृध्दि’ का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।”

Leave a Reply

Your email address will not be published.