झापा, फागुन १२ । मेचीनगर–७ वडा खेलकुद समितिको आयोजनामा जारी प्रथम मेचीनगर वडास्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर ६ र १३ विजयी भएको छ ।
आइतबार भएको प्रथम खेलमा वडा नम्बर ६ ले वडा नम्बर १२ लाई २–१ को सेटमा पराजित गरेको हो । मेचीनगर–७ स्थित सरस्वती आधारभूत विद्यालयको खेलमैदानमा भएको खेलमा वडा नम्बर ६ ले वडा नम्बर १२ लाई २५–१८, २३–२५ र २५–२२ ले पराजित गरेको हो । खेलको म्यान अफ दी म्याच विपुल क्षेत्री घोषित भए । उनले ट्रफी प्राप्त गरे ।

दोश्रो खेलमा वडा नम्बर १३ विजयी भयो । वडा नम्बर ४ खेलमा उपस्थित नभएपछि वडा नम्बर १३ वाकओभर पाई विजयी भएको मेचीनगर ७ वडा खेलकुद समितिका सचिव राजेश खरेलले जानकारी दिए ।
मंगलबारका दुवै खेल स्थगित गरिएको समेत आयोजकले जनाएको छ । मेचीनगर–१२ मा जारी वडास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल हुने भएकोले प्रतियोगिताको मंगलबारका सम्पूर्ण खेल बुधबार खेलाइने मेचीनगर ७ का खेलकुद संयोजक तथा वडा सदस्य नेत्रप्रसाद दाहालले बताए ।
प्रतियोगितामा आयोजकको २ टिमसहित नगरका बाँकी १४ वटा वडा खेलकुद समितिका १६ टिम सहभागी रहेका छन् ।

