झापा, असार ९ । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा मंगलबार एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले स्वास्थ्य चौकी भवनको शिलन्यास गरेका छन् ।
स्वास्थ्य चौकी भवनको शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननिय मैनालीले निर्माणधिन स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवा सहितको पुर्वाधार थप्दै दक्ष जनशक्तीका साथ निकट भबिष्यमा २५ सैैयाको बनाउदै अगाडी बढ्नेमा आफु लागि पर्ने प्रतिबद्धता जाहेर गरे ।
वडाको सालघारी स्थित बगान क्षेत्रमा निर्माण हुने उक्त स्वास्थ्य चौकी भवनले चिया मजदुर, विपन्न तथा पिछडीएका वर्गहरु समेत गरी हजारौं जनताहरुलाई सेवा दिने मेचीनगर वडा नम्बर ८ का वडा अध्यक्ष विकेन्द्र धिमालले बताए ।

संघिय सरकारबाट स्वास्थ्य मन्त्रालय मार्फत उक्त भवन निमार्णका लागि २८ लाख रकम छुट्टिएको र सोही अनुसार स्वास्थ्य चौकी भवन निर्माणमा वडा कार्यालय लागि परेको वडा सदस्य सन्तोस मेचेले जानकारी दिए ।
उक्त भवन निर्माणका लागि स्थानिय मेचीनगर–८ का स्थानिय दिलप्रसाद र किशोर तिम्सिनाले आफ्ना पिता र माता शम्भुप्रसाद र सीता तिम्सिनाको स्मरणमा चलन चल्तीको मूल्य ८८ लाख बराबरको ४ कठ्ठा जग्गा दान गरेका थिए ।
शिलन्यास कार्यक्रम मेचीनगर–८ का वडा सदस्य गंगा पाठक, खिला मेचे, नेकपा जिल्ला सदस्य डिल्लीराम घिमिरे, लालबहादुर थामी, नेकपा मेचीनगर ईन्चार्ज देवकुमार राई, मेचीनगर अध्यक्ष माधव अर्याल, राप्रपा मेचीनगर पूर्व अध्यक्ष गोविन्द ओली, नेपाली कांग्रेस वडा सभापती गिरीराज धमला, नेकपा वडा सचिव बिष्णु भट्टराई, जनता समाजवादी पार्टी मेचीनगर सहसचिव पवन मेचे, राष्ट्रिय युवा संघ नेपालका रविन ओझा, ओम तिम्सिना, रघु धिमाल, समाजसेवी अर्जुन पोख्रेल, दशरथ खडिया, सञ्चारकर्मी विकास देवकोटालगायतको उपस्थिती रहेको थियो ।

मेचीनगर – ८ वडा अध्यक्ष विकेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न शिलन्यास कार्यक्रम सञ्चालन नेकपा मेचीनगर–८ का वडा अध्यक्ष कुन्दन निरौलाले गरेका थिए ।

