काठमाडौं, असार १३ । नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार अब संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।
उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन्। रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।रसुवाका संक्रमितमा ८ महिला र एक पुरुष रहेका छन् ।
भरतपुर कोरोना विशेष अस्पतालमा कैलालीका ५० वर्षीय पुरुषको मृत्यु भएसँगै काेराेना सक्रमणबाट मृत्यु हुनेकाे सख्या २८ पुगेकाे छ ।

