कमल, असार २० । झापा जिल्ला स्थित कमल गाँउपालिकामा रहेको भिसोदा कृषि फर्मले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । फर्मले शनिबार कमल गाँउपालिका–३ स्थित सानो केर्खामा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख अतिथी कमल गाँउपालिका उपाध्यक्ष बेनुप सिवाकोटी, विशेष अतिथी कमल गापा ३ नं. वडा अध्यक्ष नरप्रसाद दंगाल, वडा सदस्य लालप्रसाद बोखिम, अतिथी सानोकेर्खा टोलविकास संस्था अध्यक्ष टेकराज तिम्सिना, सानोकेर्खा युवा क्लव सचिब त्रिलोचन गौतमलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा त्रिबेणी कृषक समुहका अध्यक्ष इन्द्रमणी अधिकारी, अगुवा शिक्षक मधुसूदन अधिकारी लगायत ५५ जनाको उपस्थिति रहेको थियो ।

भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं.१ विराटनगरबाट प्राप्त रू १२ लाख रकममा ७५ प्रतिशत अनुदानमा प्राप्त रकम बाट २ थान ह्याचिङ मेसिन तथा १ थान जेनेरेटर खरिद गरेको थियो ।

प्रमुख अतिथी गापा उपाध्यक्षले युवाहरूलाई कृषिमा आकर्षणा गर्न गापाले पनि अनुदानमा कृषि औजार तथा सामग्रीको वितरण गरि रहेकोको बताउनुभयो ।
सरकारले कृषिमा पर्याप्त रुपमा अनुदान दिँदा बृषकलाई प्रोत्साहन मिलकोे भन्दै सानोकेर्खामा युवाहरू बैदेसिक रोजगारलाई त्यागी स्थानीय ठाउमै केही उदाहरणीय कार्य गर्ने हरि चापागाईंले बताउनु भयो ।

भिसोदा कृषि फर्मकी प्रोप्राइटर यसोदा चापागाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन कृष्ण चापागाईले गरेका थिए ।

