विर्तामोड, असार २७ । वीरता लेडी जेसीजको आयोजनामा महिला हिंसाविरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ । लकडाउनको समयमा महिला हिंसा वढीरहेको भन्दै त्यसलाई न्युनीकरण गर्ने उद्धेश्यले प्रदेश नंं.१ सरकारको सहयोगमा महिला हिंसाविरुद्धको सचेतना कार्यक्रम गरिएको हो । वीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा पौडेलको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक Read More…
Day: July 11, 2020
थप ७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो
काठमाडौं, असार २७ । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । पछिल्लो Read More…
राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान
काठमाडौँ, असार २७ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको छ । युवा तथा खेलकूद मन्त्रालयले सो आह्वान गरेको हो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको शुक्रबार बसेको बैठकले सदस्यसचिवका लागि कार्यविधि तय गरी दरखास्त आह्वान गरेको हो । मन्त्रालयले सूचना जारी गर्दै सदस्यसचिव बन्नका लागि सात दिनभित्र कार्ययोजनासहित Read More…
अब आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण गर्न पाइने
काठमाडौँ, असार २७ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, Read More…
विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने
काठमाडौँ, असार २७ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चमै छिट्टै उद्धार सुरु गरिने बताउनुभएको छ । मन्त्री यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्धार तथा फिर्ता ल्याउनुपर्नेसम्बन्धी निर्देशिका २०७७ मन्त्रिपरिषद्बाट स्वीकृति हुनासाथ ती श्रमिकको उद्धार सुरु गरिने बताउनुभयो । उहाँले Read More…





