स्वास्थ्य

थप ७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

काठमाडौं, असार २७ । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार७१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ८ हजार ४४२ पुगेको छ।

Leave a Reply

Your email address will not be published.