बाहुण्डाँगी । सुर्खेत महिला जेसीजको २०२२ को जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको उद्घाटनमा रक्तदान र शैक्षिक सामाग्री वितरण गरिएको छ । शाखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन मंगलवार मंगलगढि चोकमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा रक्तदान गरिएको हो ।


उक्त कार्यक्रममा २४ जनाले रक्तदान गरेका थिए । कार्यक्रमका अवसरमा वीरेन्द्रनगर(१० घुस्रामा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय घुस्रामा शैक्षिक सामग्री हस्तान्तरणसमेत गरिएको छ ।
विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका छात्रछात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको महिला जेसीज वर्ष २०२२ की अध्यक्ष मनिषा कौशलले जानकारी दिइन् ।

कौशलका अनुसार दोस्रो दिन बुधबार तनाव व्यवस्थापन तालिम आयोजना गर्ने कार्यतालिका रहेको छ । तालिममा मध्यपश्चिम विद्यालयका उप(प्रध्यापक ललितजंग शाहीले सहजीकरण गर्ने कौशलको भनाई छ ।

उद्घाटन कार्यक्रमको संयोजकमा कमला बस्याल, रक्तादानको लागि सोना थापा र शैक्षिक सामाग्र्री वितरणको संयोजकमा पशुपती बुढा रहेकी थिइन ।कार्यक्रमको सञ्चालन महासचिव मिना गुरुगले गर्नु भएको थियो ।

