बाहुण्डाँगी । बुटवल जेसीजले आज बुटवल–१२ स्थित ग्लोबल पिस पार्कमा विभिन्न १० प्रजातिका फलफूलका विरुवा रोपेको छ ।
बुटवल जेसिजको सप्ताहब्यापी कार्यक्रम अन्तर्गत आज तेस्रो दिन उक्त पार्कमा फलफूलका विरुवा रोपण गरिएको बुटवल जेसिजका अध्यक्ष चन्द्रमणि भुसालले जानकारी दिएका छन् ।

अध्यक्ष भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिका–१२ का वडा अध्यक्ष डिल्ली प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न १० प्रजातिका फलफुलका बिरुवाहरू रोपिएको हो ।

जेसीजले यसअघि दोस्रो दिनको कार्यक्रमअन्तर्गत लुम्बिनी अपाङ्ग दृस्टीबिहिन अनाथ आश्रममा खाद्यान्न वितरण गरेको थियो । कार्यक्रमअन्तर्गत आश्रमलाई आवश्यक चामल, दाल, नुन, तेल, प्याजलगायत विभिन्न खाद्यान्न सामग्रीहरु वितरण गरिएको छ । उक्त कार्यक्रम बुटवल उपमहानगरपालिका–१५ का वडा अध्यक्ष एवम् बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साथै हाल डेङ्गुलगायत विभिन्न रोगको कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव नहोस् भन्ने हेतुले भोलि मंगलबार बुटवल जेसिज सचिवालयमै रक्तदान कार्यक्रमको आयोजना गरिने बुटवल जेसिजका मिडिया संयोजक आविष्कार खनालले जानकारी दिएका छन् ।
साभार दैनिक नेपाल अनलाइन


