बाहुण्डाँगी । बुटवल लेडि जेसीसको जेसीज सप्ताहको दोस्रो दिन लागु ओेैषध दुर्व्यसन र आत्महत्या सम्वन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ ।
योगिकुटीमा रहेको मणिमुकुन्द कलेजका स्नातक तहका विद्यार्थी माझ कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सोनम पाठकले जानकारी दिईन ।

वर्तमान समयमा समाजलाई अत्यन्तै आक्रान्त तुल्याउने गरि बढिरहेको विकृती लागूऔषध दुर्व्यसनी र युवा अवस्थामा विभिन्न कारणले मनोवल कमजोर पारी आत्महत्या गर्ने दर्दनाक अवस्था न्यूनीकरण गर्ने उद्धेश्यले स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लागूऔषध दुर्व्यसन तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रमलाई बुटवल लेडि जेसिजले प्राथमिकतामा राखेको हो ।

बुटवल लेडि जेसिजका अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोबिन्द खनाल प्रमुख अतिथि रहेका थिए ।
सचेतना कार्यक्रममा कलेजका प्राचार्य टुक बहादुर क्षेत्री विशिष्ट अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक सन्तोष घिमिरेद्वारा सहजीकरण गरिएको कार्यक्रममा प्रशिक्षणका लागि हवलदार पदम कुँवरले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल, नेपाल जेसीजका राधिका पोखरेल, रुपा पाण्डे, मीना क्षेत्री, लालहरी पाण्डे, आविष्कार खनाल लगायत कलेजका शिक्षकहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमका मूल संयोजक प्रभा गौतमको स्वागत मन्तव्य, उपाध्यक्ष पुनम पन्थको आस्था वाचन, कार्यक्रम संयोजक सोनम पाठकको मिसन भिजन वाचन रहेको थियो।कार्यक्रममा संस्थापक अध्यक्ष रेखा कट्टेल शुभकामना मन्तव्य रहेको थियो भने उपस्थिति प्रमुख अतिथि, विशिष्ट अतिथि लगाएतका वक्ताहरुले सामाजिक उत्तरदायित्वमा बुटवल लेडि जेसिजको योगदानको चर्चा गरेका थिए ।
साभार सेतोमसी अनलाइन

