स्वास्थ्य

कमल गाउँपालिकाका थप एक जनामा कोरोना पोजेटिभ देखियो

कमल, साउन ३ । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको क्वारेन्टाईनमा रहेका एक जना पुरुषमा कोरोना भाइरस कोभिड १९ पोजेटिभ फेला परेको छ ।

साउदीबाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ५ का ३४ वर्षिय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकाले अहिले सम्ममा २ सय २३ जनाको पिसिआर परिक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिनुभयो ।

यस अघि गाउँपालिकाको वडा नम्वर १ मा कोभिड १९ पोजेटिभ देखिएका पुरुस स्वस्थ्य भएर घर फर्कि सक्नु भएको प्रमुख थुलुङ्गले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.