झापा, साउन ३ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधी चैत देखी असार सम्मको ब्यापमा छुट दिएको छ ।
देशकै उत्कृष्ट सहकारीको रुपमा आफ्नो पहिचान बनाई सकेको विर्तामोड–२ स्थित चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालले आफ्नो लगानीको हुन आउने ब्याजमा १० प्रतिशत छुट गरेको छ । उक्त ब्याज छुट बराबरको रकम कुल ३ करोड ४५ लाख रहेको छ ।
सहारा नेपाल साकोसका सचिव महेन्द्र कुमार गिरीले शनिबार (आज) एक विज्ञप्ती जारी गर्दै उक्त कुरा जानकारी गराएका हुन ।

सहारा नेपाल साकोसले १ नम्बर प्रदेशका बिभिन्न स्थानियतहहरु लाई खाधान्न सामग्री राहत र आफ्ना शेयर सदस्यहरुलाई लकडाउन अवधीमा बिपत सापटि कोष मार्फत बिना ब्याज सपटि सहयोग र कृषि आत्मनिर्भरता प्याकेज ल्याएर लकडाउन अवधीमा सहयोग पुर्याएको थियो ।
साथै यस अवधीमा बचत र ऋणमा कुनै जरिवाना र हर्जाना समेत नलिइएको र ऋणको किस्ता समेत स्वेच्छिक रुपमा जति सकिन्छ त्यती मात्र तिर्न सकिने गरि ब्यवस्था गरिएको पनि विज्ञप्तीमा उल्लेख छ ।

