मेचीनगर, साउन ४ । झापाको मेचीनगरमा आज थप १ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा संक्रमित हुनेको संख्या ४९ पुगेको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले दिएको जानकारी अनुसार मेचीनगर वडा नं १ का २१ बर्षीय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित भारतबाट आएर देवी प्राविको क्वारेन्टाइनमा बसेका थिए ।
जसमा ४६ जना निको हुँदा ३ जना उपचारको क्रममा रहेको नगरपालिका श्रोतले बताएको छ । त्यस्तै झापामा भने संक्रमितको संख्या ३१४ पुगेको छ ।
प्रदेश नं १ मा आज झापा, मोरङ र सुनसरीका १ १ जनामा कोरोनाको संक्रमण देखिएको छ । आज थप ३ जनामा कोरोना देखिदा प्रदेश नं १ मा संक्रमितको संख्या ८३० पुगेको छ भने निको भएर घर फर्कीनेको संख्या ७५१ पुगेको छ । ७९ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

