हरि प्रसाद दाहाल (दिनेश)
काठमाडौं, साउन ४ । अभिनेता पल शाह यत्तिखेर एकदमै ब्यस्त छन् । लकडाउनले केही महिना रोकिएका उनी अहिले भने पुरानै ट्र्याकमा फर्किसकेका छन । उनलाइ म्युजिक भिडियोको राजा समेत भन्ने गरिन्छ ।
फिल्मी दुनियाँमा त्यति धेरै सफल हुन नसकिरहेका उनी म्युजिक भोडियोमा भने पहिलो रोजाइ नै हुन् उनलाइ लिएर भिडियो बनाउन सके युटुबमा राम्रो भिउज पाउने बिश्वास म्युजिक भिडियोका निर्माताले लिएका छन र भिउज बटुल्ने क्रम जारी नै राखेका छन् ।
यहि क्रममा उनले संचार कर्मी प्रकाश सुवेदीको कार्यक्रम glamour guff मा एउटा अन्तरबार्ता दिएका छन जसमा उनले पुजा शर्मा र आचल शर्मा मध्य कुनै एक जनालाइ छान्न नसक्ने बताउदै उनले पुजा र आचल उसको लागि एउटै रथका दुई पाङग्रा रहेका र पलका लागि दुबैको सपोर्टको योगदान उत्तिकै रहेको जनाएका छन् ।
साथै उनले महानायकको विषयमा पनि राजेश हमाल नै महानायक रहेको र आफुले हमाललाई भगवान् मान्ने बताए ।

