समाचार

मेचीनगरमा दिउसैं व्यवसायी आचार्यको हत्या

मेचीनगर, साउन ९ । मेचीनगर–२ निवासी व्यवसायी नारायण आचार्यको हत्या भएको छ । मेचीनगर–२ स्थित भृकुटी बजारमा उनको शुक्रबार दिउसो हत्या भएको हो ।

व्यवसायी आचार्यको दोकानमा सामान किन्न आएका ब्यक्तिले उनलाई धारीलो हतियार (बाम्फुक) प्रयोग गरी हत्या गरेर फरार भएको र हत्याराको खोजीकार्य भइरहेको मेचीनगर–२ का वडा सदस्य सुरेश घिमिरेले हाम्रो खबरपाटीलाई जानकारी दिए ।

अहिले स्थानिय र प्रहरीले हत्याराको खोजी गरीरहेका छन् । हत्या किन र कस्ले गर्यो भन्ने बिषयका थप अनुशन्धान भईरहेको छ । घटनाको थप विवरण आउन बाकी छ ।

Leave a Reply

Your email address will not be published.