स्वास्थ्य

काकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि

मेचीनगर, साउन ९ । पुर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनु भयो ।


आजको संख्या सहित मेचीनगरमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ४६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन । त्यस्तै पुराना ५ सहित आज पुष्टी भएका १८ सहित २३ जना मोरङको गोठगाउँ स्थीत आइशोलेशन उपचार कक्षमा उपचार गराईरहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.