समाचार

पहिरोले पुरिएर ३ जना बालबालिकाको मृत्यु

काठमाडौंं, साउन १३ । अबिरल बर्षाका कारण खसेको पहिरोले पुरिएर बागलुङको तमानखोला र निसीखोला गाउँपालिकामा ३ जना बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान खसेको पहिरोले तमानखोला गाउँपालिका वडा नम्बर २ खोलेसोबाङका पानबहादुर विकको घर पुरिँदा बालबालिकाकोहरुको मृत्यु भएको हो। बालबालिकासँगै आमा ३४ वर्षीय होमकुमारी विक भने घाइते भएकी छिन् ।

सोमबार राति निसीखोला गाउँपालिका वडा नम्बर १ मा एक कमल परियारको घर पुरिँदा ५ वर्षीय छोरा समिर परियारको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.