स्वास्थ्य

मेचीनगरकी एक वृद्धाको कोरोना संक्रमणबाट मृत्यु

झापा , असोज ५ । कोरोना संक्रमणबाट मेचीनगरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–८ की ७२ वर्षीया वृद्धा रहेकी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीर कमजोर हुने तथा निमोनियाको लक्षण देखिएकी उक्त महिलालाई कन्काई अस्पताल झापाले रिफर गरी थप उपचारका लागि प्रतिष्ठानमा पठाएको थियो ।

आइतबार प्रतिष्ठानमा भर्ना भएकी उनको कोरोना परीक्षण सोही दिन गरिएको अस्पतालले जनाएको छ । आइतबार राति ९:२० मा उनको निधन भएको डा. सापकोटाले जानकारी दिए ।