काठमाडौं, असोज ५ । नेपालमा साेमबार थप १ हजार १५४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको Read More…
Day: September 21, 2020
मेचीनगरकी एक वृद्धाको कोरोना संक्रमणबाट मृत्यु
झापा , असोज ५ । कोरोना संक्रमणबाट मेचीनगरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–८ की ७२ वर्षीया वृद्धा रहेकी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीर कमजोर हुने तथा निमोनियाको लक्षण देखिएकी उक्त महिलालाई कन्काई अस्पताल झापाले रिफर गरी थप उपचारका लागि Read More…
२५ लाख सम्पत्ति लिएर प्रेमीसँग श्रीमती फरार
झापा, असोज ५। झापाको दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवतीले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छिन् । गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी हुन् । मिति २०७७ असोज ३ गते दिउँसो १ बजे घरमा Read More…
कृषिमन्त्री घनश्याम भुसाल आज झापा आउँदै
झापा, असोज ५ । कृषिमन्त्री घनश्याम भुसाल सोमबार आज झापा आउने भएका छन् । इलाम र झापामा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल झापा आउन लागेका हुन् । आज ३ बजे मन्त्री भुसाल चन्द्रगढी विमानस्थलमा अवतरण गर्नेछन् । लगत्तै झापाका सहकारीकर्मीसँग उनले छलफल गर्ने कार्यक्रम छ । नेपाली चियाको लोगो सार्वजनिक गर्ने मुख्य Read More…
आन्तरिक हवाइ उडान आजबाट सुचारु
काठमाडौँ, असोज ५ । कोरोना महामारी त्रासका कारण छ महिनाभन्दा बढी समय बन्द भएको आन्तरिक हवाई उडान आजबाट नियमित हुँदैछ । नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला भएको हो । सोमबारदेखि हुने उडानका लागि नियामक उड्डयन प्राधिकरणले सबै तयारी पूरा भएको जनाएको छ । उडान सञ्चालनका लागि निर्धारण गरिएको सम्पूर्ण स्वास्थ्य Read More…
सिरि ए फुटबलमा युभेन्टसको विजयी सुरुवात
काठमाडौं, असोज ५ । नयाँ सिजनको इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टसले सुखद सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको युभेन्टसले साम्पोडोरियामाथि ३–० गोलको जित निकालेको हो । युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन नयाँ खेलाडी डेजान कुलुसेस्की, लेयोनार्दो बोनुक्की र क्रिस्टियानो रोनाल्डोले समान एक–एक गोल गरे । खेलको १३औं मिनेटमा Read More…






