समाचार

२५ लाख सम्पत्ति लिएर प्रेमीसँग श्रीमती फरार

झापा, असोज ५। झापाको दमक–१ स्थित हवल्दार चौकका राजु न्यौपानेसँग विवाह गरी आएकी एक युवतीले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी छिन् ।

गत असार १५ गते राजीखुसी विवाह गरेकी २४ वर्षीया तारा बाँस्तोला (न्यौपाने) ले २५ लाख बराबरको सम्पत्ति लिएर फरार भएकी हुन् ।

मिति २०७७ असोज ३ गते दिउँसो १ बजे घरमा सासुआमा निधाएको अवस्थामा दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराइ १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिइ एउटा पत्र लेखी सिरानीमा राखेर प्रेमीसँग भागेकी श्रीमान् न्यौपानेले बताएका छन् ।

पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि श्रीमान न्यौपानेले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँछु भनी पुनः म्यासेन्जरमा म्यासेज पठाएकी थिइन् ।

श्रीमती ताराले छोडेको चिठ्ठीमा लेखेकी थिइन्– ‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ भनी लेखेकी थिइन् ।

भगाउने केटा पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्दै गरेको बताइएको छ । उनले समेत न्यौपानेलाई म्यासेन्जरमा कल गरी धम्क्याएका छन् ।

उनले तारा र आफूलाई नखोज्न भन्दै खोजी गरे न्यौपानेलाई सिध्याउनेसम्मको धम्की दिएको श्रीमान् न्यौपानेले जानकारी दिएका छन् ।

न्यौपानेले शनिबार इलाका प्रहरी कार्याल दमकमा जाहेरी दिएका छन् ।

पृतम भट्टराइ, उर्लाबारी, माेरङ

यस्ताे छ पृतम भट्टराइले न्याैपानेलाइ दिएकाे धम्कीपूर्ण म्यासेजः



फरार तारा बाँस्ताेला (न्याैपाने) लेखेर छाेडेकाे पत्रः