इलाम, साउन १३ । ईलाम जिल्लाको चुलाचुली गाँउपालिका–१ मा अवस्थित फल्गुनन्द नो माङ्गेना सेवा संघ द्वारा स्थापित र सन्चालित बहुभाषिक पाठशालाका लागी स्वयम सेवक शिक्षक नियूक्ती गरिएको छ ।
प्रदेश १ सरकारको सहयोग साथै प्रदेश उपसभामुख माननीय सरस्वती पोख्रेलको समन्वय र सहयोगमा सो पाठशालामा स्वयम सेवक शिक्षकको रुपमा चुलाचुली गाँउपालिका वडा न.१ कमल निवासी ललिता नेम्वाङलाई नियुक्ती गरिएको हो ।

राष्ट्रीय विभुति महागुरु फल्गुनन्द र लाफयङ गुरु देब बाहदुर तुम्बापोको सम्मान र स्मृतिमा स्थापित फल्गुनन्द लाफयङ बहुभाषिक पाठशाला स्थापना वि स २०७२ सालमा भएको हो । बहु भाषिक्–बहु धार्मिक समाजमा बिद्दमान विभिन्न जातजातिका भाषा धर्म्,संस्कार्–संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले स्थापित सो पाठशाला को तत्कालिन संविधान सभाका सभाध्यक्ष सुवास चन्द्र नेम्वाङले उदघाटन गर्नु भएको थियो ।
त्यसैगरी सम्मानानीय राष्ट्रपती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सो फल्गुनन्द लाफयङ बहुभाषिक पाठशालाको दोस्रो बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको थियो ।

स्वयम् सेवक शिक्षक नियुक्ती कार्यक्रममा फल्गुनन्द नो माङ्गेना सेवा संघका संस्थापक अध्यक्ष डम्वर कुमार तुम्वापो ,संस्थाका अन्य पदाधिकारिहरुका साथै सत्यहाँङ्मा सेवा संघका केन्द्रिय अध्यक्ष तथा मुन्धुमविद ज्ञानोदय लाओतीको उपस्थिती रहेको थियो ।

