राजनीति

थापाले पाए सहमहामन्त्री, आगन्तुक सदस्यलाई उच्च पद दिएको भन्दै कांग्रेसभित्र बढ्न थाल्यो असन्तुष्टी

काठमाडौं, साउन १४ । राप्रपा छोडेर आएका सुनीलबहादुर थापालाई सहमहामन्त्री दिए पछि कांग्रेसभित्र असन्तुष्टी बढ्न थालेको छ । आगन्तुक सदस्यलाई उच्च पद दिएर पार्टीमा योगदान गरेका नेताको अपमान गरेको भन्दै नेता तथा कार्यकर्ताहरुले पार्टी नेतृत्वलाई आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले सुनीलबहादुर थापालाई मंगलबार भित्र्याउँदै सभापति शेरबहादुर देउवाले सहमहामन्त्री दिएको घोषणा गरेका हुन् ।

‘धेरै साथीहरू हाम्रो पार्टी प्रवेश गर्नुभएको छ । अहिले हामीले के दिएका छौं र ? सहमहामन्त्री पद दिएको छु,’ सभापति देउवाले भने, ‘भोलिका दिनमा उहाँहरूले काम गर्दै जानुहुनेछ ।’

राप्रपाका पूर्वमहामन्त्री थापालाई सभापति देउवाले सदस्यता दिएर र वरिष्ठ नेता रामचन्द्र पौडेलले माला लगाएर मंगलबार पार्टी प्रवेश गराएका हुन् ।

देउवाले आफू प्रधानमन्त्री हुँदा थापा मन्त्री रहेको प्रसंग निकाल्दै काम गर्न सक्ने क्षमता थापामा रहेको बताए ।

Leave a Reply

Your email address will not be published.