काठमाडौं, भदौ ९ । युईएफए नेसन्स लिग फुटबलको लागि रोनाल्डोको नेतृत्वमा पोर्चुगलले राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्रोएसीया र स्विडेनसंगको खेलका लागि पोर्चुगलले २५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
साविक विजेता पोर्चुगीस टोलीमा क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, डिएगो जोटा, बर्नार्डो सिल्भा,गोन्सालो गुइडेस, जोआ फेलिक्स र ट्रिनकाओ रहेका छन् । त्यस्तै ब्रुनो फर्नान्डेस, आन्द्रे गोमेस, रुबेन नेभेस,जोआ माउटिन्हो, डानिलो पेरीरा, रेनाटो सान्चेज र सेर्गियो ओलिभिरा पनि टोलीमा अटाएका छन् ।
टोलीका अन्य सदस्यहरुमा डोमिन्गोस डुआर्ट, जोसे फोन्टे, रुबेन डियास, पेपे, जोआ कान्सेलो, नेल्सन सेमिडो, मारियो रुइ र राफेल गुएरेरो छन् । पोर्चुगलको गोलपोष्ट एन्थोनी लोपेज, रुइ प्याट्रीसिओ र रुइ सिल्भाले सम्हाल्नेछन् ।
पोर्चुगलले सेप्टेम्बर ६ मा पहिलो खेल क्रोएसियासँग खेल्नेछ । त्यस्तै सेप्टेम्बर ९ मा उसले स्विडेनसंग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी

