स्वास्थ्य

इलाममा थप एक जनामा कोरोना संक्रमण पुष्टि

नरेन इलामेली
इलाम, भदौ ११ ।
इलाममा थप एक जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकाकी एक महिला स्वास्थ्यकर्मीमा विहीबार कोरोनाको संक्रमण पुष्टि भएको हो ।

विहीबार एक जनामा संक्रमण पुष्टि भए सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८८ पुगेको छ । हाल सम्म जिल्लाको इलाम नगरपालिकामा ५७ जना, सूर्योदय नगरपालिकामा १५, देउमाई नगरपालिकामा ४ जना, माइ नगरपालिकामा ३ जना, सन्दकपुर गाउँपालिकामा ८ जना र रोङ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।

हाल सम्म इलामका ७८ जना कोरोनाको उपचारपछि संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।