झापा, भदौ ११ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमण तिब्र रुपमा फैलिरहेको छ । नेपालमा पनि पछिल्लो समय संक्रमण दर दिन प्रतिदिन बढ्दो छ । मृत्यु हुनेको संख्या पनि क्रमश बढ्दै गई रहेको छ । नेपाली नागरिक आफै सचेत नभए स्थिति झन भयावह हुने देखिन्छ ।
नेपालमा काठमाडौं, विराटनगरलगायतका ठुला शहर तथा सिमा क्षेत्र उच्च जोखिममा रहेका छन् । खुल्ला सिमाका कारण छिमेकी देश भारतलगायतबाट स्थलमार्ग हुदै नेपालीहरु दैनिक सयौंको संख्यामा नेपाल प्रवेश गर्ने गरेका छन् । यस्तो बेला कोरोना महामारी न्यूनीकरणमा स्वास्थ्यकर्मी सुरक्षाकर्मी, जनप्रतिनिधी, समाजसेवीहरुले निर्वाह गरेको भूमिका वास्तवमै सह्राहनीय हुन्छ ।

यस्तो कोरोना महामारीको भयावह परिस्थितिमा पनि आफ्नो ज्यानको सुरक्षाको समेत कुनै प्रवाह नगरी जनताको सेवामा समर्पित जनप्रतिनिधिको जमातमा उभियाउन सफल भएका छन् झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ ।
कोरोना महामारीको जोखिमको बेला घरबाहिर निस्कनु स्वास्थ्यका लागि खतरापूर्ण हुनसक्छ । तर वडा अध्यक्ष तामाङ जनताको सेवामा बिहान सबेरै देखि राति अबेरसम्म निरन्तर खटिरहेका छन् । जनताको समस्यालाई नजिकबाट नियालेका उनले अप्ठ्यारोमा परेका वडाबासीहरुलाई घरमा नै पुगेर राहात, सामाजिक सुरक्षा भत्ता लगायतको सेवा प्रवाह गरीरहेका छन् ।
साथै उनले छिमेकी राष्ट्र भारतका विभिन्न स्थानमा उपचार गरी नेपालमा बसिरहेकाहरुलाई बोडर सिल र लकडाउनले समस्यामा परेका वडाबासी सहित देशका बिभिन्न क्षेत्रका बिरामीलाई नेपालमा नपाईने औषधि डाक्टरको सिफारिसमा भाारतबाट ल्याएर वितरण समेत गरिरहेका छन् ।
नेपालको पूर्वी सिमा नाका समेत रहेको मेचीनगर– ६ स्थित काकँरभिट्टाका प्राय मानिसहरु वारीपारी सामान ओसार पसार, यातायात मजदुर, होटल ब्यवसायलगायतमा आबद्ध रहेका छन् । अहिले कोरोनाले ब्यापार ब्यवसाय चौपट पार्दा वडाका मानिसहरुलाई समस्या परिरहेको छ । तर वडाबासीहरुको दुःखमा साथ दिदै अहोरात्र खटिरहेका छन् मेचीनगर–६ का जनप्रतिनिधि ।

स्थानिय तहको निर्वाचनपछि मात्र नभइ बर्षौ अघिदेखि वडाध्यक्ष तामाङ स्थानिय जनतामाझ प्रिय छन् । सबैसंग नम्र भएर बोल्ने, सबैलाई समान ब्यवहार गर्ने उनको बानिले वडा तथा नगरमा उनका विरोधीहरु खासै देखिएका छैनन् । नेपाली काङ्ग्रेसमा आस्था भएपनि सबै पार्टीका ब्यक्तिसँग उनको राम्रो सम्बन्ध रहेको छ ।
जनताले विश्वास गरेर हामीलाई अमुल्य मत दिई जिताएको जनताको सेवा गर्नका लागि नै हो, वडाध्यक्ष तामाङ भन्छन् त्यसलाई हामीले कुशलतापुर्वक निर्वाह गर्नु पहिलो दायित्व हो । त्यसमा पनि विपद् र जोखिमको बेला अझ महत्वपूर्ण हुने गर्दछ ।

