स्वास्थ्य

नेपालका २ जिल्ला कोरोना संक्रमण मुक्त

काठमाडौँ, भदौ १५ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणको संख्या बढ्दो छ । बिशेष गरी देशका ठुला ठुला सहरहरुमा यसको संक्रमण झन फैलदो र जटिल बन्दै गएको छ । तर पनि नेपालका २ जिल्ला कोरोना संक्रमणमुक्त छन् । नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुस्ताङ र हुम्ला संक्रमणमुक्त जिल्ला भएको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा देशभर ८ सय ९९ नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२८ जना रहेको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना रहेका छन् ।