स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, भदौ १५ । नेपालमा सोमबार थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ८ सय ९९ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

अहिले देशका विभिन्न आइसोलेसनमा १७ हजार ८ सय २२ जना संक्रमित उपचाररत रहेका छन् । आजसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार ४ सय १० पुगेको छ ।

आज थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २२८ जना रहेको छ । सोमबार पीसीआर विधिबाट ११ हजार १ सय २९ जनाको कोरोना परीक्षण भएको छ । अहिलेसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ जना रहेका छन् ।